कुजु नेपालको मुख्य प्रायोजनमा शंखमुल फुटसल, भयो द्धिपक्षीय सम्झौता

काठमाडौं । आगामी असोज २ गतेदेखि असोज २३ गतेसम्म पोखरामा पहिलो राष्ट्रिय ए डिभिजन फुटसल लिग प्रतियोगिता आयोजना हुँदै छ । उक्त फुटसल लिगमा शंखमुल फुटसललाई कुजु नेपाल प्रा.लि.ले प्रायोजन गर्ने भएको छ । प्रायोजनका लागि कुजु नेपाल र शंखमुल फुटसलबीच सम्झौता भएको हो ।

एन्फा फुटसलका प्रमुख विनोद गुरुङ्गको प्रमुख आतिथ्यतामा कुजु नेपालका निर्देशक उमिद श्रेष्ठ र सम्राट पाण्डे र शंखमुल फुटसलका प्रमुख निर्देशक नरेश अवालेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । प्रकाश परियारको प्रशिक्षणमा रहेको शंखमुल फुटसलको टिममा १७ खेलाडी रहेका छन् । कुजु नेपालका निर्देशक उमिद श्रेष्ठ र सम्राट पाण्डेले शंखमुल फुटसलसँग सहकार्य गर्न पाउँदा खुशी भएको बताए ।

कुजु नेपालले शंखमुल फुटसललाई प्रमुख प्रायोजन गर्ने भएको हो । कुजु नेपालले शंखुमल फुटसललाई २ लाख नगद सहित अन्य आवश्यक सामाग्री प्रायोजन गर्ने जनाएको छ । कार्यक्रममा कुजु नेपालले प्रायोजन गरेको खेलाडीले लगाउने जर्सी समेत सार्वजनिक गरिएको थियो । कुजु नेपाल प्रा.लि.अन्तर्गत दरबारमार्गमा रहेको ओपिएम रेष्टुरेण्ट, डि.एफ.एस.के मोटर्स.र याडिया प्रिमियम इलेक्ट्रिक स्कुटर सञ्चालनमा रहेका छन् । कुजु नेपालले सन २०१८ देखि नेपाली बजारमा चाइनिज ब्राण्ड डि.एफ.एस.के का कार र यही सालदेखि याडिया प्रिमियम इलेक्ट्रिक स्कुटर विक्री वितरण गरिरहेको छ ।

शंखमुल फुटसल राष्ट्रिय लिग च्याम्पियनसिप जित हाँसिल गरिसकेको टिम हो । शंखमुल फुटसल यस वर्ष पनि आफ्नो जितलाई निरन्तरता दिन आक्रामक तयारी गरिरहेको प्रशिक्षक प्रकाश परियारले बताए । एन्फा अन्तर्गतको फुटसल कमिटीले आयोजना गर्ने प्रतियोगितामा देशैभरिबाट १० टिम छनौट भएका छन् । खेल विजेताले १० लाख रुपैयाँको पुरस्कार पाउने छन् । यस प्रतियोगिताको खेलबाट उत्कृष्ट खेलाडीलाई राष्ट्रिय टिममा समेत छनौट गरिने जनाइएको छ ।

Read A Full Article

Leave a Reply