बोलेरै धेरै फिचर चलाउन सकिने गाडी ‘ग्लोरी आई–अटो’ (भिडिओ रिभ्यु)

डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई–अटो बजारमा सार्वजनिक भइसकेको छ। डिएफएसके चिनियाँ कम्पनी हो जसलाई नेपालमा कुजु प्रालिले भित्र्याएको हो।

ग्लोरी आई–अटो सात सिट भएको ठूलो एसयुभी हो। यसमा धेरै फिचरहरू भ्वाइस कमान्ड बाट अर्थात् बोलेर चलाउन सकिने कम्पनीले जनाएको छ।

यसमा आईटक नामक एस भ्वाइस कमान्ड विशेषता छ जसको सहायताले ‘हाई ग्लोरी’ कमान्ड दिएर गाडीलाई विभिन्न काम गराउन सकिन्छ। यो फिचरबाट गाडी चलाउँदै फोन गर्न वा उठाउन, फोन कल हिस्ट्री हेर्न, गीत सुन्न र बन्द, कार कन्ट्रोल, भ्वाइस नेभिगेसन, कनेक्टिभिटी गर्न सकिन्छ।

यसैगरी बोलेर नै अगाडि र पछाडिको विन्डो ग्लास र सनरुफ खोल्न वा बन्द गर्न सकिने छ।

यसलाई एक सयभन्दा बढी भ्वाइस कमान्ड दिन सकिने छ। 

ग्लोरी आई–अटोमा नेपाली बाटोका लागि उपयुक्त हुनेगरी १८ इन्चको अलोय ह्विल छ। यसको अगाडि र पछाडि दुवैतर्फ एलइडी लाइट प्रयोग गरिएको छ।

यसमा भएको एड्भान्स एबिएस, इबिए, इएसबी, इएसडी ब्रेकिङ सिस्टम फिचरबाट गाडीलाई जस्तोसुकै परिस्थितिमा पनि रोक्न सकिन्छ। यात्रुका सुरक्षाका लागि अगाडि चार वटा एयरब्याग र चारै चक्कामा डिस्क ब्रेक छ।

यो एसयुभीमा खुट्टाले नै खोल्न मिल्ने टेल गेट छ जसले गर्दा दुवै हातमा सामान लिएर गाडीको बुटमा राख्न सहज हुन्छ।

हिल होल्ड कन्ट्रोल, ३६० डिग्री क्यामरा र रियर पार्किङ सेन्सर आई–अटोका नयाँ फिचरमध्ये पर्छ।

यसमा जडान भएको अर्लाम सिस्टम तथा इमोबिलाइजरले यो गाडी चोरी हुने समस्या कम गर्छ।

यी बाहेक ग्लोरी आई–अटोमा थुप्रै फिचरहरू छन्। यसबारे बुझ्न हामीले कम्पनीका सिनियर अफिसर कुशल श्रेष्ठसँग कुराकानी गरेका छौं।

Read A Full Article

Leave a Reply